Friday, May 23, 2025
Homeजीवनशैलीसुन्दरहरैंचा विराट एक्स्पो ४ मा व्यायामसम्बन्धी जानकारीमूलक र व्यावहारिक ज्ञान प्रदान गरिने

सुन्दरहरैंचा विराट एक्स्पो ४ मा व्यायामसम्बन्धी जानकारीमूलक र व्यावहारिक ज्ञान प्रदान गरिने

विराटचोकः यही माघ ३० गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने सुन्दरहरैंचा विराट एक्स्पो ४ मा सुन्दरहरैंचाका व्यायामशाला (जिमखाना) ले बिहानी सत्रमा व्यायामसम्बन्धी जानकारीमूलक तथा व्यावहारिक ज्ञान प्रदान गर्ने भएका छन् ।

स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरका सञ्चालक कृष्ण दाहालका अनुसार सुन्दरहरैंचाका व्यायामशालाको समन्वयमा योग र कार्डियो तथा एरोबिक कक्षा सञ्चालन गरिने भएको हो । आयोजकसँग समन्वय गरेपछि ती कक्षा (सेसन) को मिति र समय सार्वजनिक गरिने उहाँले बताउनुभयो । जिमखाना भन्नासाथ फलाम उचाल्ने र शरीर बनाउने भन्ने भ्रम धेरैमा रहेकाले त्यसलाई चिर्न यस्ता कक्षा सहयोगी हुने उहाँको भनाइ छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments