Wednesday, October 28, 2026
Homeविश्व१० वर्षभित्र चन्द्रमामा मानव बस्ती बस्ने दाबी

१० वर्षभित्र चन्द्रमामा मानव बस्ती बस्ने दाबी

विराटचोकः चन्द्रमामा अबको १० वर्षमा मानव बस्ती बसिसक्ने बताइएको छ । अन्तरिक्ष प्रविधि क्षेत्रको अग्रणी कम्पनी ‘भोएजर टेक्नोलोजी’का प्रमुख डिलन टेलरका अनुसार सन् २०३० को दशकभित्रै मानिसहरू चन्द्रमामा स्थायी रूपमा बसोबास गर्न थाल्नेछन् ।

हालै सिङ्गापुरमा आयोजित एक कार्यक्रममा बोल्दै टेलरले यो दशकको अन्त्यसम्ममा चन्द्रमामा मानिस बस्न मिल्ने विशेष खालका संरचनाहरू तयार भइसक्ने दाबी गरेका हुन् । सन् २०३० पछि चन्द्रमालाई नियाल्दा त्यहाँ बल्दै गरेका बत्तीहरू स्पष्ट देख्न सकिने र ती बत्ती मानिसले बनाएका घर र कार्यालयको हुने उनको दाबी छ ।

चन्द्रमामा बस्ती बसाउने अभियानमा विश्वका चर्चित अर्बपतिहरू एलन मस्क र जेफ बेजोसका कम्पनीहरू—स्पेसएक्स र ब्लू ओरिजिन तीव्र प्रतिस्पर्धाका साथ लागिपरेको बताइएको छ । मस्कले त १० वर्षभित्रै चन्द्रमामा एउटा आत्मनिर्भर शहर बसाउने लक्ष्य राखेका छन् । बेजोसको कम्पनीले पनि चन्द्रमामा स्थायी रूपमा मानव उपस्थिति गराउनुलाई नै आफ्नो मुख्य उद्देश्य बनाएको जनाएको बताइएको छ ।

उता, अमेरिकी सरकारले अन्तरिक्ष र रक्षा क्षेत्रको बजेटमा भारी वृद्धि गर्दै अर्बौँ डलर लगानी गर्ने योजना बनाएको छ । सन् २०२४ को तुलनामा २०२५ मा मात्रै अन्तरिक्ष क्षेत्रमा हुने लगानी झन्डै दोब्बरले बढेको बताइएको छ ।

अबको पाँच वर्षभित्र अन्तरिक्षमै ‘डाटा सेन्टर’हरू (तथ्याङ्क भण्डारण गर्ने ठाउँ) सञ्चालनमा आउने अपेक्षा गरिएको छ । अहिले सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनले सन् २०३० मा बिदा लिने तयारी गरिरहँदा त्यसको ठाउँ लिन ‘स्टार ल्याब’ जस्ता नयाँ र आधुनिक परियोजनाहरू अगाडि बढिरहेका बताइएको छ ।

क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि यसलाई मानव जातिकै लागि एउटा ठूलो र प्रेरणादायी उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments