विराटचोकः यही माघ ३० गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने सुन्दरहरैंचा विराट एक्स्पो ४ को तयारीस्वरुप आयोजकले विभिन्न कार्य गरिरहेको छ । यसै क्रममा आज बिहान मूल प्रवेशद्वार र पार्किङ स्थलको सरसफाइ गरिएको छ ।
एक्स्पोको मूल समारोह समितिका साथै विभिन्न उपसमितिका सदस्यहरु, उद्योग वाणिज्य संघका पदाधिकारी, जेसीजकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, स्थानीयलगायत सरसफाइमा सहभागी भएका थिए ।
सुन्दरहरैँचा विराट एक्स्पोको चौथो संस्करण माघ ३० गतेदेखि








