Friday, May 23, 2025
Homeजीवनशैलीकानेपोखरीद्वारा अपाङ्गता भएका १८ जनालाई सहायक सामग्री प्रदान

कानेपोखरीद्वारा अपाङ्गता भएका १८ जनालाई सहायक सामग्री प्रदान

कानेपोखरीः मोरङको कानेपोखरी गाउँपालिकाले पालिकामा रहेका अपाङ्गता भएका १८ जनालाई बुधबार अपाङ्गता सहायक सामग्री प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष राजमती इङ्गनामका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई ट्राइसाइकल, कृत्रिम खुट्टा, साइम्स, वाकर, लौरो, बैशाखी, सीपी कुर्सी लगायत सहायक सामग्री उपलब्ध गराइएको हो । अपाङ्गता भएका व्यक्तिहरूलाई निश्चित गतिविधिहरू गर्न, समाजभित्र समान पहुँच प्राप्त गर्न गाह्रो हुने भएकाले आवश्यक सहायक सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्राविधिक सहयोग सी.बी.आर., समन्वय ओ.पि.डी. नवप्रगति संस्थाको रहेको थियो । कार्यक्रमको आयोजना कानेपोखरी गाउँपालिकाको महिला तथा बालबालिका शाखाले गरेको थियो ।

सामग्री वितरण कार्यक्रममा पालिका अध्यक्ष इङ्गनाम, उपाध्यक्ष भोला अधिकारी र ओ.पि.डी. समितिका सदस्यसहित विभिन्न पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments