Tuesday, October 27, 2026
Homeकला र साहित्यभूमा अधिकारीको ‘तिमी बोल्दा....’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा….’ गीतको म्युजिक भिडियो सार्वजनिक

इटहरीः संगीतकर्मी भूमा अधिकारीको ‘तिमी बोल्दा…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

इटहरीस्थित कोशी कलेजको सभाहलमा आयोजित कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो । सो गीतले प्रविधिको बढ्दो प्रयोगबीच मानवीय सम्बन्ध, सामाजिक सञ्जालमा गरिने प्रेमील संवाद र समतामूलक समाजको सन्देश प्रस्तुत गरेको छ ।

कार्यक्रममा गायिका गंगा गौतमले भूमासँग गीतसंगीत र संगीतको लोकप्रियता र महत्वसँग सम्बन्धित संवाद गर्नुभएको थियो ।

गीतका रचनाकार तथा संगीतकार मोहन तिम्सिनाले गीतको रचनासँग आधारित प्रसंग र अनुभव प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सुनसरी र मोरङका साहित्यप्रेमी, गायक तथा संगीतकार, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

अधिकारीले सुन्दरहरैंचाको बलियामा अन्तरा म्युजिक सेन्टर पनि सञ्चालन गर्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments