विराटचोकः जङ्गली हात्तीको आक्रमणबाट सुन्दरहरैंचा ८ सलकपुरमा एक जनाको ज्यान गएको छ । राति साढे १२ बजे भएको आक्रमणमा परी ७१ वर्षीय हरिप्रसाद घिमिरेको मृत्यु भएको हो ।
घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार बच्चासहित आएको माउ हात्तीले घिमिरेमाथि आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घिमिरेको घटनास्थलमै मृत्यु भएको थियो । घरबाट बाहिर निस्कँदै गरेका घिमिरेलाई बलेँसीबाट हात्तीले सुँडले पक्रेर लगभग २० मिटर पर लगेर पछारेको स्थानीयले बताएका छन् ।
सुन्दरहरैंचामा २ महिनायता हात्तीको आक्रमणमा परेर ३ जनाको ज्यान गइसकेको छ ।







