Friday, December 5, 2025
Homeफिचरलेटाङ नगरपालिकाको चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाइ सम्पन्न

लेटाङ नगरपालिकाको चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाइ सम्पन्न

लेटाङः मोरङको लेटाङ नगरपालिकाको चालु आर्थिक वर्ष ०८१\०८२ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

लेटाङ नगरपालिकाको आयोजना तथा विराट मल्टि टेक्निकल एण्ड रिसर्च सेन्टर प्रालिको सहजीकरणमा लेटाङ–५ स्थित लेटाङ बहुमुखी क्याम्पसको हलमा सार्वजनिक सुनुवाइसम्पन्न भएको हो । नगर उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, नगरवासी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

नगर प्रमुख भुपेन्द्रकुमार लावती अस्वस्थ भएर कार्यक्रममा सहभागी हुन नसकेपछि नगर उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, योजना शाखा प्रमुख चेतनाथ गौतम लगायतले कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

सञ्चारकर्मी रेवती निरौलाले सहजीकरण गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले राख्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments