बर्दिबासः शुक्रबार जनता साहित्यिक मञ्च गौरीडाँडा बर्दिबास –३, महोत्तरीको पाँचौं साहित्यिक शृङ्खला मञ्चकी अध्यक्ष सुप्रिया बस्नेतको अध्यक्षता तथा जनता मावि गौरीडाँडाका सहायक प्रधानाध्यापक महेश ढुङ्गानाको विशिष्ट आतिथ्यतमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रवीण पौडेल, बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल र जनता मावि गौरीडाँडाका सहायक प्रधानाध्यापक महेश ढुङ्गानाले आफ्नो भनाइ राख्नुभएको थियो । शिक्षक आशिष देवकोटा र वाणिज्य संकायका संयोजक सञ्जय महतो अतिथिका रुपमा हुनुभएको कार्यक्रममा जनता माविको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा कविता, गीत, मुक्तकका साथै विभिन्न व्यक्तिको आवाजको नक्कल पनि गरिएको थियो । स्रष्टाहरू रेणुका आले, रितिशा अर्याल, स्वेच्छा महतो, प्राची सुवेदी, जयशंकर अधिकारी, प्रिन्सी मण्डल, श्रवण सिंह, नेहा महतो, विद्या साह, कृष्णप्रसाद पौडेल, राजेश भण्डारी र प्रवीण पौडेलले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
मञ्चकी सचिव ममता खड्का र वरिष्ठ सदस्य अञ्जली कुशवाहाले सञ्चालन गरेको कार्यक्रममा उपस्थित साहित्यिक व्यक्तित्वलाई मञ्चका उपाध्यक्ष राजेश भण्डारीले शब्दमार्फत् स्वागत गर्नुभएको थियो ।