विराटचोकः नेपाल पत्रकार महासंघ मोरङले क्रियाशील महिला पत्रकार सुत्केरी हुँदा १५ हजार रुपैयाँ पोषण भत्ता दिने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले हिजो सो निर्णय गरेको हो । महासंघको मोरङ शाखाले पहिलो पटक महिला नेतृत्व पाएको छ ।
नवनिर्वाचित कार्यसमितिले हिजोदेखि पदभार ग्रहण गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक कार्यक्रमबीच हिजो निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । पदभार ग्रहणपछि अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा बसेको पहिलो बैठकले महिला पत्रकार सुत्केरी हुँदा २ पटकसम्म १५ हजार रुपैयाँका दरले पोषणभत्ता प्रदान गर्ने र त्यसका लागि कार्यविधि बनाइने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ मोरङमा सुशीला पाठक विजयी, पहिलो महिला जिल्ला अध्यक्ष बन्न सफल