गोठगाउँः कौडिन्यगोत्रीय आचार्य वंश प्रतिष्ठानको अध्यक्षमा तुलसा आचार्य चयन हुनुभएको छ । आज भएको प्रतिष्ठानको आठौँ वार्षिक साधारणसभाले आचार्यलाई सर्वसम्मत चयन गरेको हो ।
सुन्दरहरैंचा ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष मोहनप्रसाद आचार्यको अध्यक्षताममा भएको कार्यक्रमको सञ्चालन सचिव राजन आचार्यले गर्नुभएको थियो ।
साधारणसभाबाट उपाध्यक्षमा हरिप्रसाद आचार्य, सचिवमा रमेश आचार्य, सहसचिवमा ओमप्रसाद आचार्य, कोषाध्यक्षमा बिना सुवेदी आचार्य सर्वसम्मत चयन हुनुभएको छ ।