विराटचोकः अमेरिकी डलरको भाउले आज फेरि उच्च मूल्यको रेकर्ड कायम गरेको छ । आज १ अमेरिकी डलरको बिक्री दर १३६ रुपैयाँ ७३ पैसा पुगेको छ ।
यस अघि पुस १० गते १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । आज सो दिनको भन्दा १० पैसा बढेर डलरको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १ सय ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ २१ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७० रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।







