Monday, December 23, 2024
Homeफिचरनेपाल पत्रकार महासंघ मोरङमा सुशीला पाठक विजयी, पहिलो महिला जिल्ला अध्यक्ष बन्न...

नेपाल पत्रकार महासंघ मोरङमा सुशीला पाठक विजयी, पहिलो महिला जिल्ला अध्यक्ष बन्न सफल

विराटनगरः नेपाल पत्रकार महासंघ मोरङमा प्रेस चौतारी र प्रेस युनियनको प्यानलबाट उम्मेद्वार बनेकी सुशीला पाठक अध्यक्षमा विजयी हुनुभएको छ । मोरङ महासंघले पहिलो पटक महिलाको नेतृत्व पाएको छ ।

पाठकले निकटतम प्रतिद्वन्द्वी सेन्टरका नवराज कट्टेललाई फराकिलो मतले पराजित गर्नुभएको हो । कट्टेलले ५९ मत ल्याउँदा पाठकले ११७ मत ल्याउनुभएको थियो । युनियनबाट बागी उम्मेद्वारी दिएकी रञ्जिता पोखरेलले १५ मत ल्याउनुभयो ।

उपाध्यक्ष पदमा सन्तोष सिग्देल विजयी हुनु भएको छ । महिला उपाध्यक्षमा समान मत ल्याउँदै विनु तिम्सिना र तारा आचार्य निर्वाचित हुनुभएको छ । आचार्य निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । युनियनबाट बागी उम्मेद्वारी दिएकी रञ्जिता पोखरेलले १५ मत ल्याउनुभयो ।

यस्तै सचिवमा नेत्र पी अधिकारी, समावेशी सहसचिवमा श्यामसुन्दर सुतिहार, खुला सहसचिवमा रेवतीरमण निरौला, कोषाध्यक्षमा कौशल निरौला, महिला सदस्यमा उषाकुमारी सरदार, दलित सदस्यमा तिलक नेपाली, आदिवासी जनजाति सदस्यमा विद्यानन्द चौधरी, मधेशी सदस्यमा सुनिल यादव विजयी हुनुभएको छ ।

खुला सदस्यमा अनुज सापकोटा, ईश्वर दुलाल, कुमार खड्का, बाबुराम निरौला, मुकेशकुमार यादव र रोशन पोखरेल विजयी हुनुभएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले, यस्तो छ अन्तिम मत परिणाम

कोशी प्रदेशका ३ जिल्लामा पत्रकार महासंघका अध्यक्ष निर्विरोध निर्वाचित

यस्तो छ मोरङको अन्तिम मत परिणामः

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments