काठमाडौंः नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलकी उम्मदेवार शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मत अन्तरले पछि पार्दै महासंघको पहिलो महिला अध्यक्ष बन्न सफल हुनुभएको हो ।
शर्माले ४ हजार २८२ मत ल्याउँदा प्रेस युनियनका विद्रोही विष्टले ३ हजार २०३ मत ल्याउनुभयो । विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनले समर्थन गरेका थिए । अध्यक्षका उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाउनुभयो ।
केन्द्रीय निर्वाचन समितिले आइतबार राति सार्वजनिक गरेको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलका दीपक आचार्य ४ हजार २३० मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका रोशन पुरीले २ हजार ८८६ मत ल्याउनुभएको छ ।
उपाध्यक्ष महिलामा शर्मा प्यानलकी नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा विष्ट प्यानलकी गंगा पौडेल बरालले २ हजार ६४४ मत ल्याउनुभएको छ ।
उपाध्यक्ष समावेशीमा शर्मा प्यानलका उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी हुँदा सुभाषप्रसाद साहले २ हजार ८० मत र मोहनकुमार सिंहले ८६० मत पाउनुभएको छ ।
महासचिवमा शर्मा प्यानलका रामप्रसाद दाहाल ४ हजार ८४ मत ल्याएर विजयी हुँदा विष्ट प्यानलका लेखनाथ न्यौपानेले १ हजार ९२९ मत, जन्मदेव जैसीले १ हजार ९२९ र प्रकाश थापाले ४८८ मत ल्याउनुभएको छ ।
खुला सचिवमा रमेश खतिवडाले ३ हजार ४०० मत प्राप्त गरी विजयी हुँदा उत्तरसिंह विष्टले २ हजार ६७, बालकृष्ण अधिकारीले ७७५, माधव दुलालले ७१९ र कुमार ओझाले ३१६ मत ल्याउनुभएको छ ।
महिला सचिवमा सोनी शर्माले ४ हजार ३४७ मत ल्याएर विजयी हुँदा सरिता बराइलीले २ हजार ८२३ मत ल्याउनुभएको छ ।
आदिवासी जनजाति सचिवमा सविन प्रियासनले ३ हजार ५३५ मत प्राप्त गरी विजयी हुँदा भिसन राईले २ हजार ४५७ र टिकाराम प्रधानले १ हजार ६९ मत पाउनुभएको छ ।
मधेशी सचिवमा अशोककुमार तिवारीले ३ हजार ८५८ मत प्राप्त गरी विजयी हुँदा श्रीजन झाले २ हजार २४३ र प्रवीणकुमार चौधरीले ९५२ मत ल्याउनुभएको छ ।
दलित सचिवतर्फ प्रकाश धौलाकोटी ४ हजार ११० मतसहित विजयी हुँदा वसन्त विकले १ हजार ८९२, भीमबहादुर विश्वकर्माले ६५० र सन्तोषकुमार बराइलीले ४७४ मत ल्याउनुभएको छ ।
सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुली ३ हजार ६४५ मत प्राप्त गरी विजयी हुँदा विकास कार्कीले २ हजार ७३५ र योगेश खपाङ्गीले ८१२ मत ल्याउनुभएको छ ।
कोषाध्यक्ष पदमा रामकृष्ण अधिकारी ३ हजार ८४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । विष्ट प्यानलबाट निर्वाचित उहाँ एकमात्र पदाधिकारी हुनुभएको छ । शर्मा प्यानलका रामकृष्ण ज्ञवालीले ३ हजार ४६४ मत पाउनुभएको छ ।
केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट कमल रिमाल ५२७ मत र शंकर खरेल ४४२ मत ल्याई विजयी हुनुभएको छ । मधेश प्रदेश सदस्यमा राजु विश्वकर्मा २९७ मत र राजेशकुमार कर्ण ३७६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिक र नारायणप्रसाद अधिकारी, गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी र केवी राना, लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेल र विकास बन्जाडे, कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायर र सुरेश पन्त, उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी, प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओली र सविता शर्मा, संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरी र मनुका कुँवर विजयी हुनुभएको छ ।
खुला सदस्यमा छविलाल तिवारी ३ हजार ४७०, भुपेन्द्र आचार्य ३ हजार ५८२, मुकुन्दप्रसाद भण्डारी ३ हजार ७२१, रामेश्वर कार्की ३ हजार ६३० र लवदेव ढुङ्गाना ३ हजार ८३० मत प्राप्त गरी विजयी हुुनुभएको छ ।
मधेसी महिलातर्फ रुवीकुमारी रौनियार ४ हजार १८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वा ३ हजार ७३७ मत, खस आर्य महिलामा लिला शाह योगी ३ हजार ८१० मत प्राप्त गरी विजयी हुँदा रीता बुढाथोकी निर्विरोध निर्वाचित हुुनुभएको छ ।
दलित सदस्यमा सिकेन्द्र पासवान ३ हजार ३१६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली निर्विरोध निर्वाचित हुनुभएको छ ।
आदिवासी जनजाति सदस्यमा भरत जर्घामगर ४ हजार ५० मत प्राप्त गरी विजयी हुँदा आदिवासी महिला सदस्यमा देविका घर्तीमगर निर्विरोध निर्वाचित हुनुभएको छ ।
मधेसी सदस्यमा राजकरण महतो ३ हजार ८९३ र मधेसी सदस्य महिलामा ललिताकुमारी साहले ४ हजार ४०९ मत ल्याई विजयी हुनुभएको छ ।
अपाङ्गता भएका सदस्यमा भूपराज बस्याल ३ हजार ५५७ र अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामी ४ हजार ३७३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
लेखा समिति संयोजकमा शर्मा प्यानलका केसी लामिछाने ४ हजार १९४ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका ध्रुवकुमार रावलले २ हजार ४२० मत पाउनुभयो । लेखा सदस्यमा केशवप्रसाद बोहराले ४ हजार १२५ मत ल्याई विजयी हुँदा निकटतम प्रतिस्पर्धी गणेशप्रसाद बन्जाडेले २ हजार ३६५ र लेखा महिला सदस्यमा रुक्मिणि पोखरेल ४ हजार ८९ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी लक्ष्मी चौधरीले २ हजार ५४२ मत ल्याउनुभएको थियो ।
पत्रकार महासंघ कोशी प्रदेशमा भरत खड्का विजयी, यी हुन् कोशीका अन्य जिल्लामा विजयी हुने
नेपाल पत्रकार महासंघ मोरङमा सुशीला पाठक विजयी, पहिलो महिला जिल्ला अध्यक्ष बन्न सफल
नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले, यस्तो छ अन्तिम मत परिणाम
कोशी प्रदेशका ३ जिल्लामा पत्रकार महासंघका अध्यक्ष निर्विरोध निर्वाचित