Monday, December 23, 2024
Homeफिचरपत्रकार महासंघ कोशी प्रदेशमा भरत खड्का विजयी, यी हुन् कोशीका अन्य जिल्लामा...

पत्रकार महासंघ कोशी प्रदेशमा भरत खड्का विजयी, यी हुन् कोशीका अन्य जिल्लामा विजयी हुने

विराटचोकः नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अध्यक्षमा उदयपुरका भरत खड्का विजयी हुनुभएको छ । प्रेस चौतारी र प्रेस युनियनलगायतको प्यानलबाट चुनाव लडेका खड्काले ६१४ मत ल्याउँदा प्रतिस्पर्धी विवेक गौतमले ३१७ र सन्तवीर लामाले १२७ मत ल्याउनुभएको थियो ।

खुला उपाध्यक्षमा कुमोद अधिकारीले ६८० ल्याएर विजयी हुँर्दा शिवप्रसाद ढुङ्गानाले ३२५ मत पाउनुभयो । महिला उपाध्यक्षमा अम्बिका भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, सचिव खुलामा ध्रुव भट्टराई (निर्विरोध), सचिव समावेशीमा अरविन्द कुमार मेहता, कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित हुनुभएको छ ।

खुला सदस्यमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमार ओली र रामधन राई निर्वाचित हुनुभएको छ । महिला सदस्यमा अमृता विश्वकर्मा, बिनु चेम्जोङ र बुद्धिमाया सोङ्मी निर्विरोध निर्वाचित हुनुभएको छ ।

दलित सदस्यमा किशोर विश्वकर्मा, आदिवासी जनजाति सदस्यमा खनेन्द्रकुमार राई (अर्जुन), मधेशी सदस्यमा अविनाशकुमार निधि र आशिषकुमार यादव, अल्पसङ्ख्यक सदस्यमा लुकमान अन्सारी विजयी हुनुभएको छ ।

जिल्ला अध्यक्षहरू

पत्रकार महासंघ मोरङमा चौतारी– युनियनको प्यानलबाट सुशीला पाठक अध्यक्षमा विजयी हुनुभएको छ । सुनसरीमा प्रेस चौतारी र युनियनको गठबन्धनबाट सन्तोष काफ्ले र झापामा पनि सोही गठबन्धनका एकराज गिरी निर्वाचित हुनुभएको छ ।

इलाममा भीम चापागाईं, उदयपुरमा भक्तिविलाश पोखरेल, धनकुटामा विदुर खवास, पाँचथरमा भीम बास्कोटा, तेह्रथुममा ठाकुर टिआर लिम्बू, ताप्लेजुङमा सुवास आचार्य, संखुवासभामा कृष्णराज शाक्य, भोजपुरमा ध्रुब सुुवेदी, सोलुखुम्बुमा सुवास दर्नाल, खोटाङमा हरिबोल आचार्य र ओखलढुङ्गामा पूर्णप्रसाद न्यौपाने विजयी हुनुभएको छ ।

नेपाल पत्रकार महासंघ मोरङमा सुशीला पाठक विजयी, पहिलो महिला जिल्ला अध्यक्ष बन्न सफल

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले, यस्तो छ अन्तिम मत परिणाम

कोशी प्रदेशका ३ जिल्लामा पत्रकार महासंघका अध्यक्ष निर्विरोध निर्वाचित

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments