गछियाः गणेशपुर टोल विकास संस्था सुन्दरहरैंचा ७ को दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले मातृका दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उहाँ यसभन्दा अघि संस्थाको उपाध्यक्ष हुनुहुन्थ्यो ।
ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचा ७ को सभाहलमा आज भएको साधारणसभाले अध्यक्षमा दाहालका साथै उपाध्यक्षमा निवर्तमान सचिव कृष्णकुमार कटुवाललाई चयन गरेको छ । सचिवमा रमेश दुलाल, सहसचिवमा उर्मिला घिमिरे र कोषाध्यक्षमा कल्पना तामाङ चयन हुनुभएको छ ।
सदस्यहरुमा कञ्चन काफ्ले, गोपाल विश्वकर्मा, नारायण भट्टराई, बिन्दु ओझा, काशीनाथ गौतम, गीता मास्के, रामसेवक यादव र नैनसरी उराँव चयन हुनुभएको छ । निर्वाचन समितिका संयोजक मेघराज पौडेलले नयाँ कार्यसमितिको नाम वाचन गर्नुभएको थियो । समितिको सदस्यमा विनोद बराल र श्रीनिवास भण्डारी हुनुहुन्थ्यो ।
संस्थाका अध्यक्ष शंकरमान कार्कीको अध्यक्षतामा भएको साधारणसभामा ९१ वर्षीय चन्द्रबहादुर राया र ८७ वर्षीया नर्वदादेवी गौतमलाई सम्मान गरिएको थियो । गत वर्षको एसईई परीक्षामा सर्वाेत्कृष्ट हुने सामुदायिक विद्यालयका तर्फबाट साजीलाल माविकी बिनुदेवी ढकाल र संस्थागत विद्यालयका तर्फबाट जुपिटर इङ्लिस स्कुलकी प्रमिसा कटुवाललाई सम्मान गरिएको थियो ।
वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि पीताम्बर दाहाल, विशेष अतिथि रञ्जन ओझा तथा अतिथिहरुमा श्रीबहादुर कार्की, विद्या बोगटी, गणेश चौलागाईँलगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा संस्थागत प्रतिवेदनर आर्थिक प्रतिवेदन पाति गएिको थियो ।
सम्बन्धित समाचारः
मधाहा एकता टोल विकास संस्थाको साधारण सभामा सम्मानैसम्मान