गोठगाउँः पहिलो पाइला नेपाल सुन्दरहरैंचाको आज भएको पाँचाँै साधारणसभाले टीकाराम घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा ज्ञानु घिमिरे र केवल लुइँटेल, सचिवमा विजय ओझा, सहसचिवमा समीक्षा कार्की, कोषाध्यक्षमा विनोद अधिकारी र सह कोषाध्यक्षमा सुप्रिया सिराल चयन हुनुभएको छ । सदस्यहरुमा भोजन गिरी, किरण सापकोटा र मनोज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष निराजन धमलाको प्रमुख आतिथ्यता र सुन्दरहरैंचा शाखाका अध्यक्ष मिलन लुइँटेलको अध्यक्षतामा भएको साधारणसभाको सञ्चालन सचिव विजय ओझाले गर्नुभएको थियो ।
कार्यक्रमममा संस्थाको दमक शाखाका अध्यक्ष , शिवपाञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।