विराटचोकः अमेरिकी डलरको भाउले आज फेरि नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । आज डलरको भाउ १७ पैसा महङ्गिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ०३ पैसा रहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस अघि हिजो साउन २२ गते डरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । त्यसअघि साउन १९ गते डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
युरो र पाउण्ड स्टर्लिङ डलरको भाउ आज घटेको छ ।
आज युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८५ पैसा रहेको छ । हिजो युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा रहेको थियो ।
आज पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २६ पैसा तोकिएको छ ।
यस्तो छ आज विभिन्न मुद्राको विनियम दरः
१५ पैसा बढेर अमेरिकी डलरको भाउले बनायो उच्च मूल्यको नयाँ कीर्तिमानी
अमेरिकी डलरको भाउले फेरि बनायो उच्च मूल्यको नयाँ कीर्तिमान
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा
अमेरिकी डलरको मूल्य हालसम्मकै महङ्गो








