Thursday, October 29, 2026
Homeअपराधसुनसरीमा १० दिनमा साढे २५ लाख रुपैयाँको अवैध सामान बरामद

सुनसरीमा १० दिनमा साढे २५ लाख रुपैयाँको अवैध सामान बरामद

इनरुवा । सुनसरीमा सशस्त्र प्रहरीले १० दिनको अवधिमा २५ लाख ४० हजार ९८३ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।

कात्तिक १ देखि १० गतेसम्म नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानबाट भन्सार छली गरी भित्र्याइएका सामान सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरी तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामानमा किराना सामग्री, लत्ताकपडा र सवारी साधन रहेका छन् ।

सशस्त्र प्रहरीले मंगलबार मात्रै बर्जु गाउँपालिका–६ स्थित चिमडी बजार क्षेत्रबाट १० लाख ५० हजार रुपैयाँ बराबरका लत्ताकपडा र दुईवटा मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका प्रमुख लवकुमार सापकोटाले जानकारी दिनुभयो ।

प्रमुख सापकोटाका अनुसार कात्तिक १ देखि १० गतेसम्म भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका २५ लाख ४० हजार ९८३ रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments