Tuesday, December 24, 2024
Homeफिचर१५ पैसा बढेर अमेरिकी डलरको भाउले बनायो उच्च मूल्यको नयाँ कीर्तिमानी

१५ पैसा बढेर अमेरिकी डलरको भाउले बनायो उच्च मूल्यको नयाँ कीर्तिमानी

विराटचोकः अमेरिकी डलरको भाउले आज फेरि नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । आज डलरको भाउ १५ पैसा महङ्गिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस अघि साउन १९ गते डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । आइतबार र सोमबार स्थिर रहेको डलरको मूल्य आज १५ पैसा बढेको हो ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिनप्रतिदिन कमजोर हुँदै गएको हो ।

आज युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा तोकिएको छ ।

यस्तो छ आज विभिन्न मुद्राको विनियम दरः

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments