विराटचोकः अमेरिकी डलरले आज फेरि नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । हिजोभन्दा ५ पैसा भाउ बढ्दा अघिल्लो कीर्तिमानी मूल्यभन्दा डलरको भाउ ४ पैसा बढी भएको हो ।
अघिल्लो शनिबार डलरको भाउ उच्च मूल्यमा पुग्दा बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको थियो । सो दिन १ पैसा भाउ बढेर २ दिन अघि बिहीबारको रेकर्ड तोडिएको थियो भने बिहीबार ५ पैसा बढेर बुधबारको रेकर्ड तोडिएको थियो । ४ दिन सोही विनिमय दरमा स्थिर रहेको मूल्य ३ दिन भने १ पैसा घटेर स्थिर रहेको थियो । आज हिजोभन्दा ४ पैसा भाउ बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरीद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो १ को खरीद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ । युरोको विनिमय दर भने घटिरहेको छ ।
यस्तो छ आजको विनिमय दरः