विराटचोकः नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ दशमलव ३५ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको थियो ।
१० अर्ब ५० करोड १ लाख ५२ हजार रुपैयाँ रहेको चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १ दशमलव .१८ रुपैयाँ रहेको छ ।