विराटचोकः कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४५ दशमलव ६७ प्रतिशतले बढी हो । बैंकले अघिल्लो वर्ष ५१ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको सञ्चालन नाफा पनि ३०५ दशमलव ९४ प्रतिशतले बढेर ३ अर्ब ९० करोड रुपैयाँ नाघेको छ । गत वर्ष यसले ९६ करोड १६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा १४ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८३ पैसाले बढेर ८ रुपैयाँ ८० पैसा कायम भएको छ ।