Tuesday, December 24, 2024
Homeफिचरघट्यो आत्मनिर्भर लघुवित्तको नाफा

घट्यो आत्मनिर्भर लघुवित्तको नाफा

विराटचोकः आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ दशमलव २६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ८६ लाख रुपैयाँ थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी ३.५७ प्रतिशत र अन्य सञ्चालन आम्दानी ३.६२ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३.५८ प्रतिशत बढेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा ७.५८ प्रतिशतबाट बढेर १३.२२ प्रतिशत पुगेको छ । यससँगै लघुवित्तले सम्भावित जोखिम बापत १७ करोड ६४ लाख रुपैयाँ व्यवस्था गर्नुपरेका कारण नाफा प्रभावित भएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी ५७ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ३७ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १३३ रुपैयाँ ७७ पैसा रहेको छ ।

६ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड ८७ लाख रुपैयाँ सञ्चित छ ।

कामना सेवा विकास बैंकको नाफा ६० करोड ३२ लाख रुपैयाँ

घट्यो निफ्राको नाफा र प्रतिशेयर आम्दानी

सपोर्ट लघुवित्तको नाफा ७५ प्रतिशत बढ्दा इपिएस बढ्यो ७ रुपैयाँ ८५ पैसा

आम्दानी घट्दा पनि आरएसडिसी लघुवित्तले बढायो नाफा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments