Tuesday, December 24, 2024
Homeफिचरसपोर्ट लघुवित्तको नाफा ७५ प्रतिशत बढ्दा इपिएस बढ्यो ७ रुपैयाँ ८५ पैसा

सपोर्ट लघुवित्तको नाफा ७५ प्रतिशत बढ्दा इपिएस बढ्यो ७ रुपैयाँ ८५ पैसा

विराटचोकः गत आर्थिक वर्षमा सपोर्ट लघुवित्त वित्तीय संस्थाले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ दशमलव ०३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थाको रकम घटेका कारण खुद नाफा बढेको हो । लघुवित्तको खुद ब्याज आम्दानी १८.१९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ८१.९४ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशत र सञ्चालन मुनाफा १९४.३८ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३५ लाख रुपैयाँ रहेको लघुवित्तको सम्भावित जोखिमबापतको व्यवस्था, गत आर्थिक वर्ष ९ लाख ७३ हजारमा सीमित भएको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८५ पैसा बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ८३ दशमलव ९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा रहेको छ । १० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments