विराटचोकः कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुवै बढेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बढेको हो ।
बैंकको खुद ब्याज आम्दानी २.७८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.४२ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७ दशमलव ०८ प्रतिशत र सञ्चालन मुनाफा ५३.०८ प्रतिशत बढेको छ ।
बैंकको प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ ३७ पैसा बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा रहेको छ ।
३ अर्ब २८ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ११ करोड ५६ लाख रुपैयाँ रहेको छ ।







