Tuesday, December 24, 2024
Homeफिचरसूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड

विराटचोकः सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन अर्थात एफपीओ बाँडफाँड भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ८ बजे एफपीओ बाँडफाँड भएको हो ।

लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९ दशमलव ५४५० कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन परेकोमध्ये १ हजार १०१ आवेदन रद्द भएका थिए ।

१५ लाख ६३ हजार ३२२ आवेदन स्वीकृत भएकामा ४ हजार ६७२ जनालाई १० कित्ताका दरले लघुवित्तको शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । त्यसरी बाँडफाँट गर्दा शेष रहेको ९.५४५ कित्ता शेयरमध्ये ९ जनालाई एक कित्ताका दरले र एक जनालाई ०.५४५ कित्ता (मिलान गर्द १ कित्ता) शेयर बाँडफाँड भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments