विराटचोकः आज पनि प्रदूषित शहरको सूचीमा ढाका पहिलो र काठमाडौं दोस्रो स्थानमा रहेका छन् । हिजो पनि सबैभन्दा प्रदूषित शहरको रुपमा बंगलादेशको राजधानी ढाका देखिएको थियो । अस्ति भारतको राजधानी नयाँ दिल्ली सबैभन्दा प्रदूषित शहर थियो । हिजो नयाँ दिल्ली छैटौँ स्थानमा पुगेको थियो भने आज दिल्ली दशौँ स्थानमा रहेको छ ।
हिजो प्रदूषित शहरमध्ये काठमाडौं दोस्रो स्थानमा रहेको थियो । आज पनि दोस्रो स्थानमा नै रहेको छ । अस्ति काठमाडौं तेस्रो स्थानमा रहेको थियो ।
आज तेस्रो स्थानमा सेनेगलको डकार रहेको छ । डकार हिजो आठौँ स्थानमा थियो । आज चौथो स्थानमा भारतको कोलकोत्ता रहेको छ । पाँचौँ नम्बरमा म्यानमारको याङ्गुन रहेको छ ।
अस्ति दोस्रो स्थानमा रहेको चीनको बेइजिङ हिजो भने सातौँ नम्बरमा पुगेको थियो । आज बेइजिङ तेह्रौँ स्थानमा रहेको छ ।
यो इण्डेक्स दिनभर एउटै रहँदैन । प्रत्येक मिनेटमा तलमाथि भइरहन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ ।
यस्तो छ आज बिहान ६ बजेको एक्युआई सूचकाङ्क
ढाका सबैभन्दा प्रदूषित शहर, काठमाडौं दोस्रोमा
हिजोको वर्षाका कारण प्रदूषण घटेर काठमाडौं प्रदूषित शहरको पहिलो नम्बरबाट तेस्रो नम्बरमा