विराटचोकः आज सबैभन्दा प्रदूषित शहरको रुपमा बंगलादेशको राजधानी ढाका देखिएको छ । हिजो भारतको राजधानी नयाँ दिल्ली सबैभन्दा प्रदूषित शहर थियो । आज नयाँ दिल्ली छैटौँ स्थानमा पुगेको छ ।
आज प्रदूषित शहरमध्ये काठमाडौं दोस्रो स्थानमा रहेको छ । हिजो काठमाडौं तेस्रो स्थानमा रहेको थियो । आज तेस्रो स्थानमा भारतको कोलकोत्ता रहेको छ । चौथो स्थानमा म्यानमारको याङ्गुन रहेको छ । पाँचौँ नम्बरमा पाकिस्तानको लाहोर रहेको छ ।
हिजो दोस्रो स्थानमा रहेको चीनको बेइजिङ आज भने सातौँ नम्बरमा पुगेको छ । यो इण्डेक्स दिनभर एउटै रहँदैन । तलमाथि भइरहन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ ।
आज सबैभन्दा कम प्रदूषित शहरको रुपमा क्यानडाको टोरोन्टो रहेको छ । जसको एक्युआई ३ छ ।
यस्तो छ आज बिहान ९ बजेको एक्युआई सूचकाङ्क
हिजोको वर्षाका कारण प्रदूषण घटेर काठमाडौं प्रदूषित शहरको पहिलो नम्बरबाट तेस्रो नम्बरमा