Tuesday, December 24, 2024
Homeफिचरहिजोको वर्षाका कारण प्रदूषण घटेर काठमाडौं प्रदूषित शहरको पहिलो नम्बरबाट तेस्रो नम्बरमा

हिजोको वर्षाका कारण प्रदूषण घटेर काठमाडौं प्रदूषित शहरको पहिलो नम्बरबाट तेस्रो नम्बरमा

विराटचोकः हिजोको वर्षाका कारण प्रदूषण घट्नाले काठमाडौं विश्वका प्रदूषित शहरको तेस्रो स्थानमा रहेको छ ।

आज दिउँसो पौने १ बजे काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको छ । बिहीबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १९५ पुगेको थियो भने बुधबार काठमाडौं शहर विश्वका बढी वायु प्रदूषित शहरमध्ये पहिलो स्थानमा परेको थियो । सो दिन काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २४४ पुगेको थियो ।

आज भारतको दिल्ली शहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आज १९० पुगेको छ । दोस्रो नम्बरमा चीनको बेइजिङ शहर छ । त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६८ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments