Tuesday, December 24, 2024
Homeखेलकुदनयाँ वर्षमा खेल क्षेत्रमा खुशीः एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं...

नयाँ वर्षमा खेल क्षेत्रमा खुशीः एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बने ऐरी

विराटचोकः नेपाली नयाँ वर्षसँगै नेपाली खेल क्षेत्रमा एउटा खुशी छाएको छ । नेपाली क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हानेर नेपालको पहिलो तथा विश्वकै पाँचौं खेलाडी बन्न सफल हुनुभएको छ ।

ओमानमा भइरहेको एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्दा टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बन्दा नेपालका भने पहिलो खेलाडी बन्नुभएको हो ।

दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गर्नुभएको हो । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेल्नुभएको थियो । खेलमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

ऐरीले यसअघि सेप्टेम्बरमा मंगोलियाविरुद्ध टी–२० आईमा दुई फरक ओभरमा लगातार ६ बलमा ६ छक्का हान्नुभएको थियो ।

सो खेलमा दीपेन्द्रले क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गरी ९ बलमै अर्धशतक पूरा गर्नुभएको थियो ।

Dipendra Singh Airee of Nepal celebrates the wicket of Mohammad Ahnaff of Qatar during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Qatar held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 13, 2024.
Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments