Wednesday, October 28, 2026
Homeसमाचारअर्नव चक्रवातका कारण दुई दिन देशभर पानी पर्ने, सतर्क रहन विद्युत प्राधिकरणको...

अर्नव चक्रवातका कारण दुई दिन देशभर पानी पर्ने, सतर्क रहन विद्युत प्राधिकरणको अनुरोध

विराटचोकः नेपाल विद्युत् प्राधिकरणले कात्तिक १३ र १४ गते देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार समुद्री क्षेत्रमा विकसित भइरहेको शक्तिशाली अर्नव चक्रवातको प्रभावले नेपालमा वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । यसबाट बाढी, पहिरो, चट्याङ, हुरीबतास र डुबानको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिकूल मौसमका कारण विद्युतका पोल, तार, ट्रान्सफर्मरलगायत संरचनामा क्षति पुग्न सक्ने र विद्युत् सेवा अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्युत् संरचनाको सुरक्षा तथा सेवा अवरुद्ध भएमा तत्काल मर्मतसम्भार गरी आपूर्ति नियमित गर्न सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रतिकूल मौसमका बेला जोखिमको आँकलन गरी सुरक्षित स्थानमा बस्न, अत्यावश्यक कामबाहेक आवतजावत नगर्न र विद्युतीय उपकरण सावधानीपूर्वक प्रयोग गर्न आग्रह गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments