विराटचोकः सिँगटी हाइड्रोको शतप्रतिशत हकप्रद शेयरको बिक्री फागुन २ गतेदेखि खुलेको छ ।
कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन गरेको हो । कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेकाले पुस २१ गतेसम्म कायम शेयरधनीहरु सो हकप्रद खरीदका लागि योग्य हुनेछन् ।
लगानीकर्ताले सो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ । बिक्री प्रबन्धक कुमारी क्यापिटल, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
फागुन २२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले जनाएको छ ।
सिँगटी हाइड्रोपावरको शेयर मूल्य समायोजन
सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद शेयरको हकदार बन्न भोलिसम्म शेयर किन्नुपर्ने