Wednesday, October 28, 2026
Homeअर्थशेयरस्थानीय र वैदेशिक रोजगारीमा रहनेका लागि आजदेखि हिम पर्वत हाइड्रोपावरको आईपीओ बिक्री...

स्थानीय र वैदेशिक रोजगारीमा रहनेका लागि आजदेखि हिम पर्वत हाइड्रोपावरको आईपीओ बिक्री खुला

विराटचोकः हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज कात्तिक ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पूँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरका ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । त्यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता शेयर निष्कासन गरिने भएको हो ।

स्थानीय बासिन्दाले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयका लागि आवेदन दिने अवधि छिटोमा कात्तिक २५ र ढिलोमा मंसिर १० गतेसम्म छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने कात्तिक १६ गतेसम्म र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । स्थानीयले तोकिएका बैंकका शाखा तथा एक्सटेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सदस्य बैंक तथा मेरो शेयरमार्फत् आवेदन दिन सक्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments