सुन्दरहरैंचाः सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीको पुस १३ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद शेयर बिक्री प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसकारण सो कम्पनीको हकप्रद शेयरको हकदार बन्न शेयर किन्ने भोलि अन्तिम दिन हो । पुस २० र २१ गते शुक्रबार र शनिबार शेयर कारोबार नहुने हुनाले आजै शेयर किन्नुपर्ने भएको हो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ करोड ४५ लाख कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको छ ।