विराटचोकः आज शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३६० कम्पनीको १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।
आज जलविद्युत समूह सर्वाधिक अर्थात् १.६५ प्रतिशतले बढेको छ । लघुवित्त समूह ०.०१ प्रतिशत, सामुहिक लगानी कोष समूह ०.३८ प्रतिशत र अन्य समूह ०.०६ प्रतिशतले बढेको छ ।
जीवन बीमा समूह सर्वाधिक अर्थात् ०.५९ प्रतिशत घटेको छ । बैंकिङ समूह ०.३७ प्रतिशत, विकास बैंक समूह ०.४५ प्रतिशत, फाइनान्स समूह ०.१८ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५१ प्रतिशत, लगानी समूह ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५० प्रतिशत, निर्जीवन बीमा समूह ०.०६ प्रतिशत र व्यापार समूह ०.२६ प्रतिशतले घटेको छ ।
बेनी हाइड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशत बढेको छ । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको १२.०९ प्रतिशत शेयरमूल्य बढेको छ ।
बढेको बजारमा युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य सर्वाधिक ४.९१ प्रतिशत घटेको छ ।
उच्च कारोबार गर्ने १० मध्ये ८ कम्पनी जलविद्युत समूहका रहेका छन् ।
घलेम्दी हाइड्रो, पिपुल्स हाइड्रोपावर कम्पनी, सानिमा मिडल तमोर, लिबर्टी इनर्जी, ग्रीन भेञ्चर्स आदि उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब २८ अर्ब ४९ करोड ८४ लाख ८३ हजार ५१८ रुपैयाँ कायम भएको छ ।





