Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिचतरामा चैत २७ देखि पूर्ण महाकुम्भ मेला

चतरामा चैत २७ देखि पूर्ण महाकुम्भ मेला

चतराः वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित चतराधाममा चैत २७ गते अर्थात् चैत्र शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल तृतीया सम्म १ महिना आयोजना हुने पूर्ण महाकुम्भ मेला महोत्सव सञ्चालनका लागि मूल समिति गठन गरिएको छ ।

नेपाल सरकारले कुम्भ मेला आयोजनाका लागि चयन गरेको सम्पर्क व्यक्ति प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलको उपस्थितिमा आयोजना भएको भेलाले समिति गठन गरेको हो । प्रथम जगत्गुरु एवम् कुम्भ मेलाका परिकल्पनाकार बालसन्त मोहनशरण देवाचार्यको अध्यक्षता र वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की सहअध्यक्ष रहेको मूल समिति गठन गरेको हो ।

भेलामा कोशी प्रदेश सरकारका निमित्त सचिव केदारनाथ शर्मा, प्रदेश सभा सदस्य विजय राई, ममता तामाङ, रोहित कार्की, रमेश बस्नेत, पुर्व सांसद हरिनाथ बस्तोला, जयकुमार राई, नगर प्रमुख रमेश कार्की, प्रदेश मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका तिनै तहका प्रदेश प्रमुखहरू, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख, जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख, वराहक्षेत्र नगरपालिकाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीयवासीहरू, विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि, पूर्व जनप्रतिनिधि लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।

महाकुम्भ मेलालाई भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए ।

नेपालमा पहिलो पटक २०५९ साल चैत ६ गतेदेखि १ महिना कुम्भ महोत्सव आयोजना भएको थियो । २०६३\०६४ मा दोस्रो कुम्भ, २०७०\०७१ मा तेस्रो कुम्भ मेला र २०७५\०७६ सालमा चौथो कुम्भ मेला सम्पन्न भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments