विराटचोकः बिहीबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ ।
मूल्य वृद्दिपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १६० रुपैयाँ कायम भएको छ ।
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १७१ र डिजेल, मट्टीतेलको १५९ रुपैयाँ तथा झापा, विराटनगर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य १५७ रुपैयाँ ५० पैसा कायम भएको छ ।