इनरुवाः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत इनरुवा नगर कार्यसमिति सभापति पदमा योगेन्द्रप्रसाद मेहता निर्वाचित हुनुभएको छ ।
हिजो सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार मेहताले २९६ मत प्राप्त गर्दै सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी खेमराज थापाले १०५ मत प्राप्त गर्नुभयो । ४६१ मत खसेकोमा ६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
सभापति पदका अर्का दावेदार रोशन खड्काले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि मेहता र थापाबीच मात्र प्रतिस्पर्धा भएको थियो । थापा नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिका निवर्तमान सचिव हुनुहुन्छ ।
उपसभापति पदमा लिलामणि पोखरेल, महिला उपसभापतिमा देवकी नेपाल, सचिवमा सत्य यादव र सह–सचिवमा मुन्नाकुमार सिंह निर्विरोध निर्वाचित हुनुभएको छ ।





