Saturday, September 26, 2026
Homeफिचरनेपाली कांग्रेस सुन्दरहरैंचाको सचिवमा भुवनसिंह मगर निर्विरोध, नगर सदस्य पनि निर्विरोध, उम्मेद्वार...

नेपाली कांग्रेस सुन्दरहरैंचाको सचिवमा भुवनसिंह मगर निर्विरोध, नगर सदस्य पनि निर्विरोध, उम्मेद्वार नामावलीसहित

विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको अधिवेशन आज शुरु भएको छ । नगरको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ ।

मतदानपूर्व नै केही पदमा भने सर्वसम्मत पदाधिकारी चयन भएका छन् । सचिव पदमा भुवनसिंह मगर निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष हुनुहुन्छ ।

त्यस्तै, नगर सदस्य पदमा पनि सबै सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्य पदमा महिलातर्फ नुतनकुमारी साहको मात्रै उम्मेद्वारी परेको छ । २ जना निर्वाचित हुने खुला सदस्यमा रबिन बजगाईँ र सुजन थापाको उम्मेद्वारी परेको छ । दलित महिलामा रबिना रोक्का र दलित पुरुषमा खम्बासिंह दमाईको उम्मेद्वारी परेको छ ।

जिल्ला सदस्यतर्फ महिला कोटामा बिन्दा दाहाल थापाको मात्रै उम्मेद्वारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला सदस्य पुरुषतर्फ गोपाल कार्की र कृष्णप्रसाद भट्टराईबीच मतदान भई एक जना निर्वाचित हुने जनाइएको छ ।

मतदान भोलि बिहान ८ बजेदेखि दुर्गादेवी दुलाल स्पोर्टस् ग्राम सुन्दरहरैंचा–८ सलकपुरमा हुने भएको छ ।

यस्तो छ उम्मेद्वारहरुको नामावली

सभापति
१. होमनाथ पोखरेल
२. हरि बहादुर पौडेल

उपसभापति (खुला)
१. कमल ढुंगाना (कुन्दन)
२. रविन दाहाल

उपसभापति (महिला)
१. अमृता लिम्बू
२. धारणा खनाल

सचिव
१. भुवन सिंह मगर

सहसचिव
१. विमला कार्की (खड्का)
२. कोमल प्रसाद लुइँटेल
३. राजनकुमार बास्तोला

सदस्य (युवा)
महिला
१. नुतनकुमारी साह

खुला
१. रविन बजगाई
२. सुजन थापा

सदस्य (दलित) महिला
१. रविना रोक्का

सदस्य दलित पुरुष
१. खम्व सीं दमाई

नगरपालिका कार्यसमिति सदस्य (वार्डबाट)
वार्ड नं. १
महिला १. कमला खड्का
खुला १. रामप्रसाद लुइँटेल

वार्ड नं. २
महिला १. अनिता खवास
खुला १. शिवप्रसाद घिमिरे

वार्ड नं. ३
महिला १. जमुना घिमिरे नेपाल
खुला २. जयकुमार राई

वार्ड नं. ४
महिला १. अम्बिका न्यौपाने
खुला १. संयोग ढकाल

वार्ड नं. ५
महिला १. बबिता चौधरी सुवेदी
खुला १. पुष्पराज तामाङ्ग मोक्तान

वार्ड नं. ६
महिला १. निर्मला चापागाई
खुला १. विक्रमराज थापा

वार्ड नं. ७
खुला १. नेत्रप्रसाद भट्टराई
महिला १. पार्वता आचार्य ढुंगाना

वार्ड नं. ८
खुला १. गोपाल खड्का
महिला १. धनमाया शर्मा धिमाल

वार्ड नं. ९
खुला १. नारायण खतिवडा
महिला १. झुमा दाहाल कार्की

वार्ड नं. १०
खुला १. रविन राया
महिला १. टिकादेवी बराल

वार्ड नं. ११
खुला १. दुर्गाबहादुर महत
महिला १. तुलसादेवी नेपाल

वार्ड नं. १२
खुला १. युजिन आचार्य
महिला १. मेनुका श्रेष्ठ

जिल्ला कार्यसमिति तर्फः
सदस्य महिला
१. विन्दा दाहाल

खुला
१. गोपाल कार्की
२. कृष्णप्रसाद भट्टराई

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments