पाख्रीबासः धनकुटाको पाख्रीबासमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट तीन लाख १३ हजार तीन सय रुपैयाँ नगद र १६ वटा कौडा बरामद भएको छ ।
पाख्रीबास नगरपालिका–४ स्थित गणेश गुरुङको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा आइतबार बिहान करिब २ बजे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक मयंक मिश्रको कमाण्डमा खटिएको टोलीले जुवा खेलिरहेको स्थानबाट १६ वटा कौडा र १६ हजार पाँच सय रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेका १५ जनाको साथबाट थप दुई लाख ९६ हजार आठ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका–६ फलाँटेका बुद्धिमान राई र डिकबहादुर बस्नेत, वडा नम्बर ८ मुगाका रञ्जित राई, सिंहराज घिसिङ, जीवन राई, दिनेश राई र नगेन्द्र राई रहेका छन् ।
पाख्रीबास नगरपालिका–४ का रविकुमार राई, लालबहादुर पाख्रिन, राजकुमार निरौला, पूर्णबहादुर गुरुङ, देवेन्द्र पौडेल र सुम्निमा लिम्बू तथा धनकुटा नगरपालिका–१ हिलेका नन्दकुमार तामाङ र टीकाराम तामाङ पक्राउ परेका छन् ।





