Saturday, September 26, 2026
Homeराजनीतिनेपाली कांग्रेस सुन्दरहरैंचाको अधिवेशन आज, सभापतिलगायत केही पदमा निर्वाचन हुने सम्भावना

नेपाली कांग्रेस सुन्दरहरैंचाको अधिवेशन आज, सभापतिलगायत केही पदमा निर्वाचन हुने सम्भावना

विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचामा आज नगर अधिवेशन हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

नगर सभापति पदका लागि शुरुमा ६ जनाले उम्मेद्वारी घोषणा गरे पनि तीमध्ये तीन जनाले सो घोषणा फिर्ता लिनुभएको जनाइएको छ ।

सभापति पदका लागि होमनाथ पोखरेल, हरि बस्नेत र हरि पौडेलले उम्मेद्वारी दिने सम्भावना रहेको जनाइएको छ ।

उपाध्यक्ष, सचिव, सहसचिवलगायत केही पदमा निर्वाचन हुने सम्भावना रहेको जनाइएको छ । सबै पदमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको बताइएको छ ।

बिहान ८ बजेदेखि नगर अधिवेशन सुकुना बहुमुखी क्याम्पसमा हुने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments