विराटचोकः यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
२०८३ सालको यमपञ्चक कात्तिक २० गतेदेखि धनत्रयोदशी अर्थात् धन्तेरससँगै यमदीपदान गरेर शुरु भएको थियो ।
कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइयो ।
हिजो कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा पर्व मनाइयो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज गाईपूजा हुनेछ । भोलि कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ ।
भोलिदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइनेछ ।
समितिले भाइटीकाका बेला दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनु उपयुक्त हुने जनाएको छ ।





