Tuesday, August 25, 2026
Homeशिक्षा र स्वास्थ्यनोबेल मेडिकल कलेजको सहकार्यमा हिमालय इङ्लिस स्कुलमा निःशुल्क आँखा र दाँत परीक्षण...

नोबेल मेडिकल कलेजको सहकार्यमा हिमालय इङ्लिस स्कुलमा निःशुल्क आँखा र दाँत परीक्षण शिविर

विराटचोकः मोरङको सुन्दरहरैँचा–१०, विराटचोकमा रहेको हिमालय इङ्गलिस स्कुलमा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ ।

मोरङ क्षेत्र नम्बर ३ का पूर्व सांसद सुनिल शर्माको अगुवाइ तथा नोबेल मेडिकल कलेज, विराटनगरको सहकार्यमा आयोजित शिविरमा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए ।

विद्यार्थीहरूमा देखिन सक्ने आँखा तथा दन्तसम्बन्धी समस्याको पहिचान, आवश्यक परामर्श तथा स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको थियो । व्यस्त दैनिकी तथा आर्थिक कारणले नियमित स्वास्थ्य परीक्षण गर्न नसक्नेहरूका लागि विद्यालयमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।

नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नवीन दाहालले विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई लक्षित गरी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो । दाहालका अनुसार आँखामा समस्या देखिए पनि धेरै बालबालिकाले त्यसलाई सामान्य रूपमा लिने गरेका हुन्छन् । त्यस्तै दाँत दुखेपछि मात्रै उपचार खोज्ने प्रवृत्तिका कारण समस्या जटिल बन्न सक्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments