Tuesday, August 25, 2026
HomeUncategorizedसहारा नेपाल साकोसको १२ सदस्यीय सञ्चालक समिति चयनका लागि हुने निर्वाचनमा ८०...

सहारा नेपाल साकोसको १२ सदस्यीय सञ्चालक समिति चयनका लागि हुने निर्वाचनमा ८० जनाको उम्मेद्वारी

बिर्तामोडः सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनमा उम्मेदवारको संख्या उल्लेख्य देखिएको छ । आगामी असोज १० गते हुने निर्वाचनका लागि १२ पदमा ८० जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

एउटै संस्थाको नेतृत्व र निगरानी गर्ने सीमित पदका लागि यति ठूलो संख्यामा उम्मेदवारी पर्नुलाई संस्थाप्रतिको सदस्यहरूको चासो, जिम्मेवारी बहन गर्ने इच्छा र नेतृत्वमा पुग्ने आकांक्षाका रूपमा हेर्न सकिन्छ । सहकारी क्षेत्रमा लामो समयदेखि स्थापित सहारा नेपाल साकोसको निर्वाचनमा देखिएको यो सहभागितालाई सकारात्मक रूपमा लिनुपर्ने आवाज पनि उठेको छ ।

अन्तिम उम्मेद्वारी नामावली यही भदौ २० गते प्रकाशन हुने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशन हुनुअघि नै सबै उम्मेदवार एकै ठाउँमा बसेर संस्थाको आवश्यकता, भविष्य र हितलाई केन्द्रमा राख्दै सर्वसम्मत नेतृत्व चयन गर्न सकिने सम्भावनाबारे छलफल गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।

अन्तिम नामावली प्रकाशनअघि उम्मेदवारहरूबीच छलफल गरेर सबैको सम्मान हुने गरी योग्य र सक्षम व्यक्तिहरू समेटिएको सर्वसम्मत समिति निर्माण गर्न सकिए त्यसले निर्वाचन खर्च, समय र सम्भावित गुटगत प्रतिस्पर्धा घटाउनुका साथै संस्थाभित्रको एकता थप मजबुत बनाउन सक्ने केही शेयर सदस्यको धारणा छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments