Saturday, November 21, 2026
Homeशिक्षा र स्वास्थ्यसुन्दरहरैंचा सम्मानित, कोशी प्रदेशका पालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको ठहर

सुन्दरहरैंचा सम्मानित, कोशी प्रदेशका पालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको ठहर

विराटचोकः प्रधानाध्यापक संघ नेपालद्वारा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा कोशी प्रदेशका नगरपालिकामध्ये सुन्दरहरैंचालाई उत्कृष्ट नगरपालिका घोषित गर्दै सम्मान गरिएको छ ।

शिक्षा क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा मोरङको सुन्दरहरैंचा नगरपालिका सम्मानित भएको आयोजकले जनाएको छ ।

शिक्षा क्षेत्रको विकास, शैक्षिक गुणस्तर सुधार तथा नगरपालिकाले गरेका विभिन्न शैक्षिक प्रयासको मूल्याङ्कनका आधारमा सुन्दरहरैंचालाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।

जनकपुरमा आयोजित विशेष कार्यक्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादवले सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईं र शिक्षा शाखा प्रमुख तेजप्रसाद आचार्यलाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments