Saturday, November 21, 2026
Homeशिक्षा र स्वास्थ्यसुन्दरवाटिकामा ११ औँ एसक्युसी मोरङ हब सम्मेलन सम्पन्न, विभिन्न प्रतियोगिताका विद्यार्थी पुरस्कृत

सुन्दरवाटिकामा ११ औँ एसक्युसी मोरङ हब सम्मेलन सम्पन्न, विभिन्न प्रतियोगिताका विद्यार्थी पुरस्कृत

गोठगाउँः ११ औँ हब सम्मेलन एसक्युसी (स्कुल क्वालिटी सर्कल) अन्तर्गत मोरङ हब मोरङको सुन्दरवाटिका एकेडेमीमा शुक्रबार सम्पन्न भएको छ ।

विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन, नेतृत्व क्षमता विकास तथा सिर्जनशील सोच अभिवृद्धि गर्ने उद्देश्यले क्वेस्ट नेपालको मातहतमा रहेको मोरङ हबले कार्यक्रम आयोजना गरेको थियो ।

एसक्युसीमार्फत् सहानुभूतिको भावना विकास गर्ने मूल विषयमा केन्द्रित सम्मेलनमा जिल्लाका ११ विद्यालयका विद्यार्थीले विभिन्न प्रतियोगितामा भाग लिएका थिए । विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता, सामूहिक कार्यशैली, सहकार्य र समस्या समाधान गर्ने सीप विकाससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिएको थियो ।

सम्मेलनमा सहभागी विद्यालयका विद्यार्थीहरूले केस स्टडी प्रस्तुति गरेका थिए भने प्यानल डिस्कसनमार्फत् आफ्ना अनुभव, विचार र धारणा प्रस्तुत गरेका थिए ।

सम्मेलनको आतिथ्यता गरेको सुन्दरवाटिका एकेडेमीका प्रिन्सिपल विनोद फुयालले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै उनीहरूको व्यवहारिक ज्ञान, सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकासलाई महत्व कार्यक्रमले महत्त्व दिने बताउनुभयो ।

कार्यक्रममा सहभागीमध्ये ६ विद्यालयका विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए । प्रतियोगितामा मकालु मोरङ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी पहिलो भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments