इटहरीः एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आफ्नो २३ औँ स्थापना दिवस इटहरी शाखामा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।
विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको संस्थाको शाखा हो ।
इटहरी शाखामार्फत् सन् २०१६ देखि पूर्वी नेपालका विद्यार्थीहरूलाई शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गरिँदै आएको शाखाले जनाएको छ । स्थापना दिवसका अवसरमा विश्वभर रहेका संस्थाका ९० भन्दा बढी शाखा तथा कार्यालयहरू जुममार्फत् एकै समयमा जोडिएर विशेष कार्यक्रम सम्पन्न गरेका थिए ।
इटहरी शाखामार्फत् हालसम्म ५ सयभन्दा बढी विद्यार्थीलाई अस्ट्रेलिया, अमेरिका, बेलायतलगायतका विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययनका लागि सफलतापूर्वक पठाइएको एक्सपर्ट इटहरी शाखाले जनाएको छ ।
शाखा प्रबन्धक कमल तिम्सिनाले स्थापना दिवसले संस्थाका कर्मचारीहरूलाई थप उत्साहित बनाएको बताउनुभयो ।





