Monday, November 23, 2026
Homeधर्म र संस्कृतिउदयपुरमा मंसिर २५ देखि न्वाङ्गी पर्व तथा दनुवारी खाना र सांस्कृतिक उत्सव...

उदयपुरमा मंसिर २५ देखि न्वाङ्गी पर्व तथा दनुवारी खाना र सांस्कृतिक उत्सव हुने

बेलटार । दनुवार समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित उदयपुरमा राष्ट्रिय पर्व न्वाङ्गी तथा तेस्रो दनुवारी खाना परिकार एवं सांस्कृतिक उत्सव–२०८३ आयोजना हुने भएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित बैरेनी चौरमा मंसिर २५ देखि २७ गतेसम्म उत्सव सञ्चालन गरिने भएको हो ।

दनुवार समुदायको ऐतिहासिक पहिचान, मौलिक खानाका परिकार, भेषभूषा, कला तथा सांस्कृतिक परम्पराको प्रदर्शन र प्रवद्र्धन उत्सवको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ । लोप हुँदै गएका मौलिक संस्कृति र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने लक्ष्यसमेत उत्सवले राखेको जनाइएको छ ।

उत्सवलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न  त्रियुगा नगरपालिका–८ बैरेनीस्थित दनुवार सामुदायिक भवनमा बसेको तयारी बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले दनुवार जागरण समिति जिल्ला कार्यसमिति उदयपुरका अध्यक्ष कृष्णराज दनुवारको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

उत्सवको तयारी तथा व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा जीवस दनुवार, प्रचारप्रसार समितिमा उर्मिला दनुवार, सांस्कृतिक व्यवस्थापन समितिमा रविन दनुवार, महोत्सव व्यवस्थापन समितिमा गुणराज दनुवार तथा युवा परिचालन तथा व्यवस्थापन समितिमा किरण दनुवारलाई जिम्मेवारी दिइएको छ ।

यसपटकको उत्सवलाई सांस्कृतिक प्रदर्शनमा मात्र सीमित नराखी समुदायको दीर्घकालीन पहिचान संरक्षणसँग समेत जोड्ने निर्णय गरिएको छ । बैठकले दनुवार समुदायको भाषा, संस्कृति, इतिहास र परम्पराको संरक्षणका लागि दनुवार सांस्कृतिक संग्रहालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

संग्रहालय स्थापनाका लागि आवश्यक अवधारणापत्र र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने जिम्मेवारी अनन्तकुमार दनुवारको संयोजकत्वमा रहेको व्यवस्थापन तथा सञ्चालन समितिलाई दिइएको छ ।

समुदायका नागरिकलाई निर्वाचन प्रक्रियामा थप सहभागी गराउने उद्देश्यले मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत गाउँबस्तीमै अनलाइन फाराम भर्ने व्यवस्था मिलाउनुका साथै बायोमेट्रिक विवरण उपलब्ध गराउनुपर्ने नागरिकलाई जिल्ला निर्वाचन कार्यालयसम्म पुग्न यातायातको व्यवस्था गरिने निर्णय भएको छ ।

बैठकमा नेपाल दनुवार समाज उदयपुर, दनुवार महिला समाज सुधार संघ उदयपुर, दनुवार जागरण कोशी प्रदेश, दनुवार जागरण समिति उदयपुर, महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर, साधना सांस्कृतिक कला समूह, आदिम चौतारीलगायत संस्थाका प्रतिनिधि तथा समुदायका समाजसेवी र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments