Monday, August 10, 2026
Homeशिक्षा र स्वास्थ्यनेशनल प्याब्सन कोशी प्रदेशको ‘फोनिक्स ध्वनि प्रशिक्षण’ सम्पन्न

नेशनल प्याब्सन कोशी प्रदेशको ‘फोनिक्स ध्वनि प्रशिक्षण’ सम्पन्न

विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा अंग्रेजी भाषा शिक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित ‘फोनिक्स ध्वनि प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकस्थित उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न प्रशिक्षण कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न निजी विद्यालयमा कार्यरत शिक्षकको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले गर्नुभएको थियो । सुन्दरहरैंचा नगरपालिकाका नगर उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रशिक्षक राजेन्द्रबहादुर थापाले सहभागी शिक्षक–शिक्षिकालाई फोनिक्स ध्वनि सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बोल्दै नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले पछिल्लो समय अंग्रेजी भाषा शिक्षणमा सही उच्चारण र ध्वनि पहिचानको महत्व बढ्दै गएको भन्दै शिक्षकहरूलाई आधुनिक तथा प्रभावकारी शिक्षण विधिसँग जोड्न प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।

प्रमुख अतिथि चौधरीले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता विकास अपरिहार्य रहेको बताउँदै शिक्षकले आफूलाई समयअनुसार अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

विशिष्ट अतिथि नेशनल प्याब्सन केन्द्रीय सदस्य नारायण ढकालले अंग्रेजी भाषाको आधारभूत सीप विकासका लागि फोनिक्स ध्वनि प्रशिक्षण सम्बन्धी ज्ञान महत्वपूर्ण रहेको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments