Monday, August 10, 2026
Homeप्रविधिहिमालय इङलिस स्कुलमा साइबर सुरक्षा र बाल सुरक्षासम्बन्धी प्रशिक्षण

हिमालय इङलिस स्कुलमा साइबर सुरक्षा र बाल सुरक्षासम्बन्धी प्रशिक्षण

विराटचोकः मोरङको सुन्दरहरैंचा–१० मा रहेको हिमालय इङलिस स्कुलमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत शिक्षकका लागि साइबर सुरक्षा र बाल सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

विद्यालय, प्रहरी, समुदाय तथा सामाजिक संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीको सुरक्षा र उनीहरूलाई विभिन्न प्रकारका जोखिमबाट जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध तथा अनलाइन जोखिम पनि बढ्दै गएको भन्दै शिक्षक तथा अभिभावकले विद्यार्थीलाई सुरक्षित इन्टरनेट प्रयोगका विषयमा सचेत गराउनुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल तथा डिजिटल माध्यम प्रयोग गर्दा व्यक्तिगत विवरण, फोटो तथा पासवर्डको सुरक्षामा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

बालबालिकामाथि हुन सक्ने दुव्र्यवहार पहिचान गर्न ‘गुड टच र ब्याड टच’ सम्बन्धी आधारभूत ज्ञान आवश्यक रहेको बताउँदै प्रहरी निरीक्षक गिरीले बालबालिकाले आफूलाई असहज लाग्ने व्यवहारबारे खुलेर बताउन सक्ने वातावरण विद्यालय र घरमा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सुन्दरहरैंचा नगर बाल सञ्जालका अध्यक्ष अर्जुन दाहालले बालबालिकाको सुरक्षा केवल प्रहरी वा विद्यालयको मात्र जिम्मेवारी नभई परिवार, समुदाय, विद्यालय र सम्बन्धित सबै पक्षको साझा जिम्मेवारी भएको बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल कमल खनालले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको सुरक्षा र सामाजिक चेतनालाई पनि विद्यालयले प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments